नेपाल ओमानबीच छिट्टै श्रम सम्झौता हुने

0
Shares

ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली र त्यहाँका श्रममन्त्री डा महद बिन सइद बिन अलि बाउइनबीच आज भएको भेटमा दुई देशबीच हुने तयारीमा रहेको श्रम सम्झौताको हालसम्मको प्रगतिको प्रशंसा गरेका छन ।

दुवै पक्षले आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको मस्कटस्थित नेपाली राजदूतावासले जनाएको छ ।

सो अवसरमा ओमानी श्रममन्त्रीले नेपाली कामदारको प्रशंसा गर्दै आगामी दिनमा तिनको सङ्ख्या बढाउने गरी अझै बढी सहकार्य गर्न इच्छुक रहेको बताए ।

राजदूत पराजुलीले सन् २०२० को शुरुमा नेपालको प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिद्वारा ओमानलगायत खाडी राष्ट्रको स्थलगत अवलोकन गरी पेश गरेको ओमानसम्बन्धी प्रतिवेदनका बारेमा पनि जानकारी गराएका थिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।