बागलुङका बाढी पहिरो पिडितलाई प्रभु बैंकको नगद सहयोग


बागलुङका बाढी पहिरो पिडितलाई प्रभु बैंकले आर्थिक सहयोग गरेको छ । बिहीबार आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बाढी पिडित उद्धार कोषमा रहने गरी ५ लाख रुपैंया सहयोग गरेका हुन् ।

गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरु¨ र भौतिक योजना मन्त्री राम शरण बस्नेतले बागल¨ जिल्लाको बाढी पहिरोले क्षतिग्रस्त ढोरपाटन नगरपालिकाको वडा नं. ७, ८ र ९ को स्थलगत निरीक्षण गरेका थिए ।

बाढीका कारण अवरुद्ध केन्द्रिय बिद्युत प्रसारण लाईन, क्षतविक्षत भौतिक संरचनाहरुको निर्माणका लागि प्रदेशका तर्फबाट बिशेष किसिमको सुविधा सम्पन्न सेवा प्रवाह गर्न कार्यालय स्थापना गर्ने जानकारी दिइएको थियो । सोही अवसरमा बैंकले सहयोग रकम हस्तान्तरण गरेको हो ।

करिब ३७ जनाले ज्यान गुमाएको, विद्यालय, स्वास्थ्य चौकी, लघु जल विद्युत, पुल र १०० वटा जति घर बाढी पहिरोका कारण ध्वस्त भएका थिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।