सानिमा जनरलको आईपीओः दुई दिनमै साढे ५ लाख बढीले गरे आवेदन

0
Shares

सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडकोे आईपीओमा दुई दिनमा नै साढे पाँच लाख बढीले आवेदन गरेका छन् । इन्स्योरेन्स कम्पनीको शेयर बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार बिहीबर साढे ४ बजेसम्ममा ५ लाख ६१ हजार ८७३ जनाबाट आवेदन परेको हो ।

क्यापिटलका अनुसार उक्त संख्याको आवेदनबाट १ अर्ब २४ करोड ७० लाख ९० हजार रुपैयाँ बराबरको १ करोड २४ लाख ७० हजार ९०० कित्ता माग भएको छ ।

आईपीओमा पहिलो दिनमा नै २ लाख ६५ हजार ९१६ जनाले आवेदन दिएका थिए।

सर्वसाधारणकमा निष्काशन गरेको साधारण शेयर (आइपिओ) मा दोस्रो दिनसम्ममा ४.५७ गुणा धेरै आवेदन परेको हो ।

कम्पनीले बुधबारदेखि कर्मचारी र सामूहिक लगानी कोषका इकाईहरुलाई छुट्टाएर २७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरिरहेको छ । लगानीकर्ताले आईपीओमा मेरो शेयर वेवसाइटबाट अनलाईन तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट असोज २५ गते आइतबारसम्म आवेदन दिन सक्नेछन् ।

इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपिओ निष्काशन गरेको हो । जसमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका इकाईहरुलाई छुट्टाएर बाँकी २७ लाख ३० हजार कित्ताका लागि सर्वसाधारणबाट आदेन मागेको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।