सनराइज बैंकका ग्राहकले बस र हवाई टिकटमा विशेष छुट पाउने


चाडपर्वलाई लक्षित गरी सनराइज बैंकले हवाइ टिकट र बस टिकट खरिदमा क्यास ब्याकको योजना ल्याएको छ ।

सन्राइज बैंकका ग्राहकहरुले सनराइज स्मार्ट एपबाट बस तथा हवाईजहाजका टिकट खरिद गर्दा पहिलो दुई पटकको कारोबारमा प्रति बस टिकटमा २०० र प्रति हवाई टिकटमा ३०० का दरले क्यास ब्याक प्राप्त गर्ने छन् ।

कोभिड १९ ले धेरै क्षेत्र र व्यक्तिहरुको आर्थिक अवस्थामा प्रभाव परिरहेको अवस्थामा बैंकले ल्याएको यस योजनाले चाडपर्वको अवसरमा ग्राहकहरुको खुशीमा अझै उत्साह उमंग थप्ने बैंकको विश्वास छ ।

१३ औं वार्षिकोत्सवको उपलक्ष्यमा सुरु भएको छुट योजना कार्तिक ११ गते सम्म लागू हुने बैंकले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।