सप्तरीमा सानिमा बैंकका २ बिस्तारित काउण्टर


सानिमा बैंक लिमिटेडले सप्तरीको बोदेबर्साइनमा आफ्नो विस्तारित काउन्टर स्थापना गरीे बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

सानिमा बैंकको बोदेबर्साइन विस्तारित काउन्टर बुधबारदेखि औपचारिक रुपमा संचालनमा आएको हो । बोदेबर्साइन नगरपालिका वडा नं. ५ स्थित सो काउन्टरको समुद्घाटन नगरपालिकाका मेयर आतेश कुमार सिंहले गरे ।

कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाई विस्तारित काउन्टर संचालनमा आएकोमा मेयर सिंहले सानिमा बैंकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सुरक्षित तरिकाले काउन्टरको सेवा सुचारु राख्न आग्रह गरे ।

सानिमा बैकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।