ज्योति लाइफको तेस्रो वार्षिक साधारण सभा आह्वान, ७५ करोडको आईपीओ जारी गर्ने एजेण्डा पारित गर्दै

0
Shares

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले कात्तिक २६ गते काठमाण्डौको ज्ञानेश्वरस्थित शान्ता प्लाजामा रहेको आफ्नो कर्पोरेट कार्यालयमा तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनी सञ्चालक समितिको आइतबार सम्पन्न बैठकले कम्पनीले ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता आईपीओ जारी गर्ने विशेष प्रस्ताव सहित अन्य प्रस्तावहरु राखेर कात्तिक २६ गते सभा बोलाएको हो ।

यसैगरी सभाले आर्थिक वर्ष २०७५/७६ का वार्षिक, आर्थिक लगायतका महत्वपूर्ण प्रतिवेदनहरु समेत छलफल गरी पारित गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भए बमाजिम संशोधन गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ।

नियमनकारी निकायहरुबाट कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भएबमाजिम संशोधन उपर कुनै फेरबदल वा सुझाव भएमा सो सुझाव बमोजिम आवश्यक फेरबदल गर्ने अख्त्यिारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभाले पारित गर्ने प्रस्ताव रहेको छ ।

सिटीजन्स लाइफले ७५ करोड बराबरको ७५ लाख कित्ता आईपीओ निष्काशनका लागि एनआइबिएल एस क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । कम्पनीको चुक्ता पूँजी एक अर्ब ७५ करोड रुपैयाँ छ । आईपीओ पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड पुग्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।