नेको इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

0
Shares

नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले लिलामीमा ल्याएको १० लाख ७० हजार २०६ दशमलव ८४ कित्ता संस्थापक समूहको शेयरमा शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले असोज २० गते मंगलबारदेखि कार्तिक ४ गते मंगलबार अपराह्न ३ बजेभित्र शिलबन्दी बोलपत्र पेश गर्न सक्नेगरी लिलाम बढाबढमा उक्त शेयर बिक्रीमा ल्याएको थियो ।

संस्थापक समूहको शेयरहरू खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरू लगायत अन्य इच्छुक व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले छन् ।

लिलामी शेयरको न्युनतम मूल्य प्रतिशेयर ३९५ रूपैयाँ र न्युनतम ५ हजार कित्ता तोकिएको छ । लगानीकर्ताले न्युनतम मूल्य प्रतिशेयर ३९५ रूपैयाँ वा सो भन्दा धेरै मूल्य अंकित गरि लिलामीमा ल्याइएको अधिकतम कित्ताका लागि बोलकबोल पेश गर्न सक्नेछन् ।

यसरी आवेलदन गर्दा कालोसूचीमा नरहेको, कर चुक्ता प्रमाणपत्र, आयस्रोतको विवरण, फिट एण्ड प्रोपर टेस्ट फारम समेतर भरेको हुनुपर्ने र स्वःघोषणा समेत गरेको हुनुपर्छ ।

शेयर बाँडफाँड गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई दिइनेछ । न्यूनतम मूल्य माथि जतिसुकै मूल्य उल्लेख गरेतापनि विद्यमान संस्थापक शेयरधनीलाई बिक्री पश्चात मात्र अन्य सर्वसाधारणलाई बिक्री गरिने उल्लेख छ ।

शिलबन्दी बोलपत्रहरु कार्यालयमा संकलन भएपछि बोलपत्र खोलिने समय, मिति र स्थानको जानकारी सार्वजनिक सूचना मार्फत गरिने कम्पनीको बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।