फर्स्ट माईक्रोफाइनान्सले कमायो ९ करोड खुद नाफा

0
Shares

फर्स्ट माईक्रोफाईनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ९ करोड १८ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । थोक लघुवित्त कर्जा प्रबाह गर्ने लघुवित्तको यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २५.७५ प्रतिशत अर्थात एक करोड ८८ लाख रुपैयाँ धेरै हो ।

खुद नाफा २५ प्रतिशतले बढाएको यस लघुवित्तको २० प्रतिशत पूँजीवृद्धिको बाबजुत प्रतिशेयर आम्दानी बढेको छ । यस्तै अन्य अधिकांश सूचकहरुमा पनि उत्साहप्रद वृद्धि देखिएका छन् ।

लघुवित्तले पूँजी ६८ करोड ४३ लाख ९४ हजार रहेको छ । जगेडा कोषको आकार ३१ प्रतिशत बढाएर १८ करोड ९२ लाख पुर्याएको छ भने प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ६५ पैसा कायम छ ।

मंगलबार प्रकाशित वित्तीय विवरण अनुसार चार अर्ब ७५ करोड सापटीबाट ५ अर्ब १८ करोड बढी कर्जा परिचालन गरेको छ । यसबाट कम्पनीले १४ करोड ४९लाख रुर्पैयाँ खुद ब्याज आम्दानी तथा १४ करोड ४४ लाख सञ्चालन नाफा आर्जन गरेको छ ।

गत वर्षको यसै अवधिको तुलनामा लघुवित्तको सापटी २५.६०,कर्जा ३४.१८ खुद ब्याज आम्दानी २०.५१ र सञ्चालन नाफामा २५.७५ प्रतिशतको बढोत्तरी भएको हो ।

निस्क्रिय कर्जा अनुपात शुन्य रहेको लघुवित्तको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ९० पैसा, र मुल्य आम्दानी अनुपात (पिइ रेसियो) २१.३९ गुणा छ ।