यसरी गर्न सकिन्छ घरमै बसी अनलाईन प्रणाली मार्फत शेयर कारोबार (भिडियोमा हेर्नुहोस् )

0
Shares

नेपाल स्टक एक्सचेञ्जले अनलाईन कारोबार प्रणाली प्रयोग गर्ने प्रकृया बारे लगानीकर्तालाई जानकारी गराउन भिडियो सामाग्री सार्वजनिक गरेको छ । नेप्सेले सार्वजनिक गरेको उक्त सामाग्रीमा अनलाईन कारोबार प्रणाली संचालन सम्बन्धी सम्पूर्ण जानकारीहरु समेटिएका छन्।

दैनिक रुपमा अनलाइन प्रणालीमा आवद्ध हुने लगानीकर्ताको संख्या बढ्दै गएपछि नेप्सेले लगानीकर्ताको सहजताको लागि सो सामाग्री तयार गरेको जनाएको छ । यसले अनलाईन कारोबार प्रणाली सञ्चालन गर्न लगानीकर्तालाई सहज हुने नेप्सेको विश्वास छ ।

अनलाईन कारोबार प्रणाली सुरुवात भएको आठ महिनाको अवधिमा करिब १२ हजार लगानीकर्ता आबद्ध भैसकेका छन्।

प्रकाशित मिति: १ साउन २०७६, बुधबार  १२ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।