नबिल बैंकले सार्वजनिक गर्यो अर्को सन्देशमुलक भिडियो


समय अनुकुल सेवा प्रवाह गर्दै आएको नबिल बैंकले सेवाग्राहीको मन जित्दै आएको छ । अहिलेको कोरोना माहामारीको बेलामा समय सुहाउँदो सन्देशहरु दिने अभियानलाई बैंकले निरन्तरता दिएको छ ।

तिहारको समयमा सुरक्षित रहनका लागि सन्देश प्रवाह गर्दै बैंकले तिहारको भिडियो सार्वजनिक गरेको छ ।

बैंकले दशैंको बेला पनि सुरक्षित तवरले दशैं मनाऔं भन्ने सन्देशका साथ एउटा भिडियो सार्वजनिक गरेको थियो । विद्युतीय कारोबारले असहज परिस्थितीमा दिलाउने खुसी समेटिएको उक्त भिडियो लोकप्रिय भएको थियो । उक्त भिडियोमा देखाइएको कथा अहिले धेरैको जीवनस“ग मेल राख्न गएकोले उक्त भिडियोले लाखौंको मन छुन सफल भएको बैंकको बुझाई छ ।

नबिलको दशैंको भिडियो सामाजिक संजालमा १३ लाखभन्दा बढीले हेरेका थिए ।

तिहारको यस भिडियोले अहिलेको अवस्थामा भौतिकरुपमा भन्दा भावनात्मकरुपका नजिक भएर तिहार मनाऔं भन्ने सन्देश सरल ढंगले दिएको बैंकका संस्थागत सञ्चार विभाग प्रमुख कृष्ण सुवेदीले जानकारी दिए ।

नबिल बैंकको सन्देशमुलक भिडियो यस्तो छः-

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।