रिलायन्स लाइफको व्यतित बीमालेख नबीकरण गर्दा विलम्ब शुल्क नलाग्ने


रिलायन्स लाइफ इन्स्योरेन्सले बीमालेख नबीकरण नगराएकाहरुलाई विलम्ब शुल्क नलिइ नबीकरण गराउने भएको छ ।

तेस्रो वार्षिकोत्सवको अवसर तथा कोभिड १९ को विषम परिस्थितिले समस्त अर्थतन्त्र र ग्राहकमा परेको असरलाई मध्यनजर गरी यस्तो व्यवस्था गरिएको इन्स्योरेन्सले जनाएको छ ।

इन्स्योरेन्सका अनुसार २०७७ मंसिर महिनाभित्रमा व्यतित भएका बीमालेख नबीकरण गर्दा विलम्ब शुल्कमा शत्प्रतिशत छुट पाइनेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।