महालक्ष्मी विकास बैंकले मर्मत गर्यो पार्क, ललितपुरका मेयरले गरे उद्घाटन


महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महालक्ष्मीस्थान ललितपुरमा शताब्दी पुरुष सत्यमोहन जोशीको प्रेरणाले महालक्ष्मी स्वस्तिक बँगैचा मर्मत तथा पुनः निर्माण गरी व्यवस्थापन समितिलाई हस्तारण गरेको छ ।

२०७७ कार्तिक २९ गते शनिबार लक्ष्मी पूजाको अवसर पारेर उक्त बगैँचा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको उपस्थितिमा व्यवस्थापन समितिका अध्यक्ष आत्माराम कोइरालालाई हस्तान्तरण गरेका हुन् । बगैंता हस्तान्तरण कार्यक्रममा ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जनले पार्कको विधिवत उद्घाटन गरेका थिए ।

कार्यव्रmममा संस्कृतिविद् सत्यमोहन जोशीले शुभकामना मन्तव्य राखेका थिए ।

महालक्ष्मी मन्दिर परिसरको प्राकृतिक सौन्दर्यलाई अभिवृद्घि गर्नुका साथै मन्दिरमा दशर्न गर्न आउने दर्शनार्थीहरुलाई स्वच्छ तथा शान्त वातारणको अनुभूति प्राप्त गर्न मद्दत पु¥याउने उद्देश्यले बैंकले उक्त बगैँचा मर्मत तथा पुनः निर्माण गरेको बैंकले जनाएको छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।