बालबालिकाको रमाइलो विदेशीको भरमा : नेपालका उद्योग धराशायी हुँदा अर्बौंको खेलौना आयात


काठमाडौँ । नेपालमा वर्षेनी अर्बौ रुपैयाँको खेलौना आयात हुने गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ११ महिनामा नेपालले १ अर्ब भन्दा बढीका खेलौना आयात गरेको छ ।

नेपालजस्तो विकासोन्मूख देशमा वार्षिक अर्बाै रुपैयाँको खेलौना आयात हुनु एक चकित विषय भएको विश्लेषकहरुको भनाई छ । विभागको तथ्यांकले देखाउँछ की नेपाली बालबालिकाको रमाइलो र सिर्जनात्मकता विदेशी बजारको भरमा छ ।

विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा १ अर्ब २३ करोड ६६ लाख ६८ हजार रुपैयाँ बराबरका ४ करोड ८० लाख ३२ हजार ४३३ पिस खेलौना आयात गरिएको छ ।उक्त मात्रामा खेलौना आयात हुँदा ४९ करोड ८ लाख ७२ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

नेपालमा पनि केहि मात्रामा उद्योगहरुले खेलौना बनाउने गरेका छन् । नेपाली खेलौनाहरु बिक्रीमा समस्या आइरहँदा वार्षिक अर्बौ रुपैयाँको खेलौना आयात गर्ने गरिएको छ । इलेक्ट्रोनिक, आधुनिकताको खोजीले विदेशी खेलौना नै रोजाइमा पर्ने गरेको जानकारहरु बताउँछन् । नेपालको उत्पादनले माग पुरा गर्न सकको अवस्था पनि छैन् । नेपालमा सबैभन्दा बढी क्रमशः चिन, भारत, मलेशिया, थाइल्याण्ड, अमेरिका लगायतका देशबाट बढी मात्रामा खेलौना आयात हुने गरेका छन् ।

यो ११ महिनाको अवधिमा सबैभन्दा बढी चिनबाट ३ करोड ९९ लाख ९९ हजार खेलौना १ अर्ब ४ करोड २८ लाख ५५ हजार रुपैयाँमा आयात गरिएको छ । भारतबाट १७ लाख १३ हजार रुपैयाँ बराबरका ७९ लाख ५२ हजार खेलौना आयात गरिएको छ । यस्तै मलेशियाबाट ३४ लाख ९० हजार रुपैयाँमा २७ हजार ७३७ पिस खेलौना आयात भएको विभागले जनाएको छ । थाइल्याण्डबाट ७ हजार खेलौना १८ लाख २ हजार रुपैयाँमा आयात भएका छन् । अमेरिकाबाट ९ लाख ९४ हजार रुपैयाँ बराबरका १ हजार खेलौना आयात गरिएको छ ।

गत आर्थिक वर्ष २०८०/८१ को सोहि अवधिमा १ अर्ब ४ करोड ४४ लाख ५८ हजार रुपैयाँ बराबरका २ करोड ७५ लाख ६७ हजार ८९५ पिस खेलौना आयात भएको थिए । उक्त मात्रामा खेलौना आयात हुँदा ४३ करोड ५ लाख ७ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

उक्त आवमा सबैभन्दा बढी चिनबाट ८५ करोड १० लाख ५५ हजार रुपैयाँमा १ करोड ७८ लाख २८ हजार ८८३ पिस खेलौना आयात भएका थिए । यस्तै, भारतबाट ९६ लाख २९ हजार खेलौना १७ करोड १६ लाख ७६ हजार रुपैयाँमा आयात गरिएको थियो ।

यस्तै, मलेशियाबाट ३० लाख ५५ हजार रुपैयाँमा १६ हजार पिस खेलौना आयात गरिएको थियो । थाइल्याण्डबाट २४ लाख ७७ हजार रुपैयाँ बराबरका ६ हजार पिस खेलौना आयात गरिएको विभागले जनाएको थियो । कतारबाट २१ लाख १९ हजार रुपैयाँमा ६ हजार खेलौना आयात गरिएको थियो । सुंयुक्त अरब इमिरेट्सबाट ४ हजार खेलौना १३ लाख ८० हजार रुपैयाँमा आयात गरिएको थियो ।

अघिल्लो आर्थिक ७९/८० को अवधिमा ७२ करोड ७६ लाख ५५ हजार रुपैयाँ बराबरका १ करोड ८७ लाख ९१ हजार १९ पिस खैलौना आयात भएका थिए । उक्त मात्रामा खेलौना आयात हुँदा ३० करोड ८१ लाख ७७ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

उक्त आर्थिक वर्षमा चिनबाट ५३ करोड ७३ लाख ७६ हजार रुपैयाँ बराबरका १ करोड २२ लाख २९ हजार ४२७ पिस खेलौना आयात भएका थिए । यस्तै भारतबाट ६४ लाख ८० हजार खेलौना १६ करोड २० लाख ६८ हजार रुपैयाँमा आयात भएका थिए । मलेशियाबाट ३० लाख ६० हजार रुपैयाँमा १६ हजार पिस खेलौना आयात भएका थिए । अमेरिकाबाट २७ लाख २९ हजार रुपैयाँका २० हजार खेलौना आयात भएका थिए ।

भियतनामबाट ३० लाख २७ हजार रुपैयाँमा १ हजार खेलौना आयात भएका थिए । यस्तै थाइल्याण्डबाट २७ लाख७१ हजार रुपैयाँमा ७ हजार खेलौना आयात गरिएको भन्सार विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: ११ असार २०८२, बुधबार  ०८ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।