सन्दर्भ धान दिवस : सरकारीले उत्पादन बढेको दाबी गरे पनि आयात वृद्धि कायमै, आत्मनिर्भरता अझ टड्कारो


काठमाडौँ । आज असार १५, अर्थात राष्ट्रिय धान दिवस । विसं २०६१ मङ्सिर २० गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

किसानको मनोबल उच्च राखी श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुक भरि असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने गरेको छ ।

हरेक वर्ष तामझामका साथ धान दिवस मनाए पनि आयात भने उल्लेख्य बढ्न सकेको छैन । यस वर्ष असार मध्यसम्म पनि देशका सबै भागमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति धान रोपाइँ भएको छैन । रासायनिक मल अभावका कारण पनि किसानहरुले दुख झेलिरहनु परेको छ ।

यता, कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सरकारी तथ्यांकले चालु आर्थिक वर्षमा धानको आयात र उत्पादन केही मात्रामा बढेको देखाएको छ । यसले खाद्य सुरक्षासँगै घरेलु बजारमा आयातको अवस्थाको बारेमा प्रश्न उठाएको छ । सरकारी तथ्यांकले उत्पादन र आयात पनि बढेको देखाएको तथ्यपरक नभएको विश्लेषकहरु बताउँछन् । उत्पादन बढेको हो भने आयात घट्नुपर्ने उनीहरुको तर्क छ ।

मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा धानको उत्पादन ४.०४ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षमा ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा ५७ लाख १४ हजार ८७४ मेट्रिक टन धान उत्पादन भएको थियो ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा ३८ अर्ब ९४ करोड रुपैयाँ बराबरको धान तथा धानजन्य वस्तु आयात भएको छ । चालु आर्थिक वर्षमा उत्पादन बढ्दा आयात पनि बढेको छ ।

चालु आर्थिक वर्षको ११ महिनामा २५ लाख ७० हजार ६८४ केजी धानको बिउ १ अर्ब १६ करोड ६२ लाख ३५ हजार रुपैयाँमा आयात भएको छ । अन्य धान ५२ करोड १२ लाख ६९ हजार १६७ केजी १९ अर्ब ९९ करोड ९ लाख २१ हजार रुपैयाँमा आयात भएको छ ।

यस्तै ७ लाख ३६ हजार रुपैयाँमा ४ हजार ३५२ केजी आयात गरिएको भन्सार विभागले जनाएको छ । बासमती चामल ७ अर्ब २६ करोड ८४ लाख ७० हजार रुपैयाँमा ६ करोड ६३ लाख ९७ हजार ५५० केजी आयात भएको छ । अन्य चामल १० अर्ब २३ करोड ५९ लाख १६ हजार रुपैयाँको १५ करोड ६२ लाख ६१ हजार केजी आयात भएको छ । २८ करोड ५ लाख ८८ हजार ब्रोकन राइस ६८ लाख २ हजार केजी आयात भएको छ ।
गत आर्थिक वर्ष ८०/८१ मा २१ लाख ७ हजार केजी धानको बिउ ८८ करोड ६५ लाख २१ हजार रुपैयाँमा आयात भएको थियो ।

११ अर्ब ५५ करोड २५ लाख ७९ हजार रुपैयाँको ३० करोड ५३ लाख १० हजार केजीधान आयात भएको थियो । ३ हजार केजी ब्राउन राइस ४ लाख ५४ हजार रुपैयाँ आयात भएको थियो । यस्तै ५ अर्ब ८६ करोड ९० हजार रुपैयाँको ४ करोड ६१ लाख ६ हजार केजी बासमती चामल आयात भएको थियो । २ अर्ब ८३ करोड १ लाख ४१ हजार रुपैयाँको ३ करोड ६६ लाख ६० हजार केजी अन्य चामल आयात भएको थियो । ९ लाख २० हजार रुपैयाँको २१ हजार केजी ब्राउन राइस आयात भएको थियो ।

अधिकांश जमिन बाझो हुनु, खेतीयोग्य जमिनमा बस्ती बस्नु नै अहिलेको मुख्य कारण रहेको उनको भनाइ छ ।

यसैगरि अघिल्लो आर्थिक वर्ष ७९/८० मा ७५ करोड ६३ लाख ८६ हजार रुपैयाँको १८ लाख ८२ हजार केजी धानको बिउ आयात भएको थियो । १८ अर्ब १५ करोड १४ लाख २८ हजार रुपैयाँको ५० करोड ४८ लाख ९८ हजार कैजी धान आयात भएको विभागले जनाएको थियो ।
४ हजार केजी ब्राउन राइस ३ लाख ५८ हजार रुपैयाँमा आयात गरिएको थियो । ४ करोड ८२ लाख ८८ हजार केजी बासमती चामल ४ अर्ब ५७ करोड ५१ लाख ९ हजार रुपैयाँमा आयात गरिएको थियो । यस्तै १६ करोड ६ लाख २६ हजार केजी अन्य चामल ९ अर्ब ८६ करोड ८४ लाख ९७ हजार रुपैयाँमा आयात भएको थियो । ८८ लाख ७४ हजार केजी ब्रोकन राइस २८ करोड ३० लाख १४ हजार रुपैयाँमा आयात गरिएको विभागले जनाएको थियो ।

धानको उत्पादन बढेको तर सरकारी तथ्यांकले देखाएको जति नबढेको उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष प्रेमलाल महर्जन बताउँछन् । भन्सार विभागको तथ्यांकमा प्रत्येक तिन महिनामा १२ अर्ब रुपैयाँको धान चामल आयात हुने गरेको उल्लेख भएको बताउदै उनले भने सरकारी तथ्यांक अनुसार नै नेपालमा वार्षीक ८० मेट्रिक टन धान भए पुग्छ करिब ७० लाख टन नेपालमा उत्पादन भएमा आयात भएको अर्बाै रुपैयाँको चामल कता जान्छ । सरकारी तथ्यांकनै आपसमा बाझिएको ले सरकराले तथ्यांक नभएर मिथ्यांक प्रस्तुत गरेको उनको भनाई छ ।

बाहिरबाट आउने सबै किसिमका खाद्यान्नलाई निरुत्साहित गर्न सकिए नेपालमै उत्पादन गर्न प्रोत्साहन मिल्ने उनको भनाइ छ ।

आन्तरिक उत्पादन वृद्धिमा छैन सरकारको चासो

कृषिप्रधान देश नेपालमा अर्बौं रुपैयाँको खाद्यान्न (धान, चामल, गहुँ, कोदो, गहुँ) आयात हुने गरेको छ । कृषि क्षेत्रलाई स्थानीय तथा संघीय सरकारले प्रोत्साहन गर्न नसक्दा यस्ता खाद्यबालीको आयातमा वृद्धि भएको कृषि–अर्थविज्ञ रामहरि पाण्डे बताउँछन् ।

नेपाल सरकारले आवश्यक नीति बनाएर अनुदान तथा सहुलियत दिन नसक्दा कृषकहरू पेसाबाटै पलायन हुँदै गएको कृषि–अर्थविज्ञ पाण्डे बताउँछन् । सरकारले कृषि उत्पादनलाई बढावा दिने किसिमका योजना ल्याउन सके आयात केही हदसम्म कम गर्न सकिने उनको भनाइ छ ।

खाद्यान्न लगाउने जनसंख्या घट्दो क्रममा रहेको भन्दै विज्ञ पाण्डेले भने, ‘नेपालमा विशेष गरी भारतबाट चामल आयात गर्ने गरिएको छ । उपभोक्ताको रोजाइमा नै लङ ग्रेन, बासमतीलगायत चामल पर्छन् । नेपालमा उत्पादित चामलले त बजार नै पाउँदैन, अनि कसले धान फलाउँछ र ?’

बाहिरबाट आउने सबै किसिमका खाद्यान्नलाई निरुत्साहित गर्न सकिए नेपालमै उत्पादन गर्न प्रोत्साहन मिल्ने उनको भनाइ छ ।
नेपालबाट काम गर्न सक्ने दक्ष जनशक्ति पलायन हुँदा आयात बढिरहेको कृषि विभागका सूचना अधिकारी तथा कृषि विज्ञ तिलकराज चौलागाई बताउँछन् ।

अधिकांश जमिन बाझो हुनु, खेतीयोग्य जमिनमा बस्ती बस्नु नै अहिलेको मुख्य कारण रहेको उनको भनाइ छ ।

यस्तो छ धान उत्पादनको ५ वर्षको इतिहास
चालु आर्थिक वर्ष २०८१/८२ मा १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा धान उत्पादन भएको छ । सो क्षेत्रबाट ५९ लाख ५५ हजार ४७६ मेट्रिक टक धान उत्पादन भएको छ ।

गत आर्थिक वर्षमा १४ लाख ३८ हजार ९८९ हेक्टर क्षेत्रफलमा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको थियो ।

यस्तै आर्थिक वर्ष २०७९/८० मा १४ लाख ४७ हजार ७८९ हेक्टर क्षेत्रफलमा ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान उत्पादन भएको थियो भने आर्थिक वर्ष २०७८/७९ मा १४ लाख ७७ हजार ३७८ हेक्टर क्षेत्रमा धान लगउँदा ५१ लाख ३० हजार ६२५ मेट्रिक टन मात्रै उत्पादन भएको थियो ।

यस्तै, आव २०७७\०७८ मा १४ लाख ७३ हजार ४७४ हेक्टर जमिनमा ५६ लाख २१ हजार ७१० मेट्रिक टन, २०७६\७७ मा १४ लाख ५८ हजार ९१५ हेक्टरमा ५५ लाख ५० हजार ८७८ मेट्रिक टन धान उत्पादन भएको थियो ।

 

प्रकाशित मिति: १५ असार २०८२, आइतबार  ०८ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।