जनरल इन्स्योरेन्सको खुद नाफा ५८ लाखबाट ३०७ प्रतिशतले बढ्यो

0
Shares

जनरल इन्स्योरेन्स (GIC) को खुद नाफा ३०७ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले ५८ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएकोमा ३०७।६३ प्रतिशतले बढेर २ करोड ३७ लाख ८५ हजार रुपैयाँ पुगेको हो ।

गत असोजमा आईपीओ निष्काशन गरेको यस कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ९।५१ रुपैयाँ, प्रतिशेयर नेटवर्थ ११२।६६ रुपैयाँ र मुल्य आम्दानी अनुपात ३८।६८ गुणा रहेको छ

आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ९ करोड ७५ लाख ४१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आवको यसै अवधिमा ७ करोड ५ लाख ४० हजार रुपैयाँ बीमाशुलक संकलन गरेको कम्पनीले २ करोड ७० लाख रुपैयाँले बढाएको हो ।

कम्पनीले असोज मसान्तसम्ममा पुनर्बीमा कमिशनबाट २ करोड ४७ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट ४० लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीको जगेडा कोष २ करोड ८३ लाखबाट ५ करोड ७२ लाखमा, बीमा कोष ३ करोड १५ लाखबाट ६ करोड २९ लाख र महाविपत्ती जगेडा कोष ३१ लाखबाट ६३ लाख रुपैयाँमा वृद्धि भएको छ।

यस अवधिसम्ममा इन्स्योरेन्सले कुल १९ हजार ९२० बीमालेख जारी गरी १९ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यस अवधिमा कम्पनीको २ हजार ७९३ वटा बीमालेखहरु नविकरण भएका छन्।

कम्पनीले कुल १९७ वटा दाबी बापत २ करोड ८५ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ६१९ वटा दाबी बापत १२ करोड ३४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।