मुलुकको अर्थतन्त्र विपरित शेयरबजार, लगानीकर्ता सचेत बनाउँदै नियामक

0
Shares

‘बुलिस ट्रेण्ड’ मा बजार प्रवेश जोखिमपूर्ण, न्यूनीकरणका लागि यस्ता छन् विज्ञका सुझाव

पछिल्ला दिनहरुमा शेयरबजारमा देखापरेको अस्वभाविक उछालप्रति नियामक निकायहरुले ध्यानकर्षण भएको जनाउँदै लगानीकर्ताहरुलाई सचेत भएर लगानी गर्न आग्रह गरेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेले आधारभूत र प्राविधिक विश्लेषण गरेर मात्र शेयरमा लगानी गर्न आग्रह गरेको भोलीपल्टै धितोपत्र बजारको प्रमुख नियामक धितोपत्र बोर्डले पनि बजारमा अस्वभाविक गतिविधि बढ्दै गएको भन्दै लगानीकर्ताहरुलाई सजगता अपनाउन आग्रह गरेको छ ।

आधारभुत तथा प्राविधिक विश्लेषण गरेर मात्र लगानी गर्न नेप्सेको सुझाव

मुलुकको अर्थतन्त्रको विकासमा पूँजी बजारको महत्वपूर्ण भूमिका रहने सन्दर्भमा बोर्डले पूँजीबजारको विकास र बिस्तार गर्दै यसको सूक्ष्म रूपमा अनुगमन तथा सुपरिवेक्षण गरिरहेको जनाएको छ । बोर्डले धितोपत्रको दोस्रो बजारको स्वरुप र गतिविधिलाई निरन्तर रूपमा अनुगमन गरिरहेको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए ।

बोर्डले धितोपत्र बजारमा लगानी गर्दा हल्ला र अनुमानका पछाडि नलागी विश्व अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्र तथा सूचीकृत संगठित संस्थाहरूको वित्तीय स्थितिको विश्लेषण, संस्थागत सुशासनको अवस्था एवं लगानीकर्ताको जोखिम बहन गर्न सक्ने क्षमता तथा आफनो लगानीको सुरक्षा आदि समेतलाई दृष्टिगत गरी सजग भई सुझबुझपूर्ण रूपमा लगानी गर्न सम्पूर्ण लगानीकर्तालाई बोर्ड आग्रह गरेको छ ।

शेयर बजारले नयाँ उचाई कायम गरेसंगै स्थायित्व ल्याउने चुनौति – लगानीकर्ता

बोर्डबाट गरिएका धितोपत्र बजार विकास तथा सुधारका कार्यहरुबाट धितोपत्रको प्राथमिक बजारमा ८ लाख भन्दा बढी लगानीकर्ता, डिम्याट खाताको संख्या २१ लाख ८० हजार (कुल जनसंख्याको करिव ७.२५ प्रतिशत) रहेको बोर्डको भनाई छ ।

बैंकहरुको दोहोरो लगानीले शेयर बजार हालसम्मकै उच्च अंकमा

साथै नेप्सेको अनलाइन कारोवार प्रणालीबाट ८५ प्रतिशत भन्दा बढी कारोवार हुने गरेकाले नेपालको धितोपत्र बजारमा पछिल्लो समय लगानीकर्ताको सहभागितामा उल्लेख्य बृद्धि भएको छ ।

राष्ट्र बैंकले मार्जिन कर्जामा कडाई गर्ने सम्भावना बढ्यो

पछिल्ला केहि दिनमा दोस्रो बजारमा कारोवार रकम र नेप्से सूचक हालसम्मको उच्च अंकमा रहन गएको छ जुन समग्र पूँजी बजारका लागि खुसीको कुरा हो । यद्यपी लगानीकर्ताहरुले पूँजी बजारका केही स्थापित मूल्य र मान्यता अनुरुप सूचीकृत संगठित संस्थाको वित्तीय अवस्था, ती संस्थाहरुको आधारभूत तथा प्राविधिक पक्ष, ऐन नियमको पालनाको अवस्थाका साथै समग्र वित्तीय तथा आर्थिक परिसूचक लगायतका विवरणहरुको विश्लेषण गरी लगानी सम्बन्धी निर्णय लिनु लगानीकर्ताको हितमा हुने बोर्डको भनाई छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।