लक्ष्मी हुण्डार्ईले सुरु गर्यो ‘क्लिक टू बाई’ सेवा, अनलाइनबाट गाडी किन्दा १० हजारको सर्भिस भौचर निशुल्क


नेपालको लागि हुण्डाई मोटर्सको एक मात्र आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ९लक्ष्मी हुण्डार्ई० ले ‘क्लिक टू बाइ’ सेवा सुरु गरेको छ । कोभिड १९ का कारण उत्पन्न असहज परिस्थितीलाई ध्यानमा राख्दै नौलो विक्री माध्यमको विकास गरिएको लक्ष्मी हुण्डाईले जनाएको छ ।

यस माध्यम मार्फत ग्राहकहरुले सम्पर्क विहिन वा सिमित सम्पर्कमा सजिलै अनलाइनबाट आफुलाई चाहिएको हुण्डाई गाडीे खरिद गर्न सक्ने बताइएको छ । कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राख्दै आफ्नो आधिकारिक वेबसाइटबाट ‘क्लिक टू बाई’ सेवा सुरु गरेको लक्ष्मी हुण्डाईले जनाएको छ ।

ग्राहकहरुका लागि गाडी खरिदको प्रक्रिया सहज बनाउनको लागि विकास गरिएको यस प्रणाली मार्फत ग्राहकहरुले आफुलाई चाहिएको गाडी सजिलै खोजेर छनौट गरी उक्त गाडीको विभिन्न विशेषताहरु, मुल्य, छुट तथा अन्य विभिन्न फाईदाहरुको साथै आफुलाई चाहिएको गाडीको उपलब्ध रहेका विभिन्न रंगहरुको छनौट गरी खरिद गर्न सक्नेछन् ।

गाडी खरिदका लागि अनलाइनबाट कोटेशन जारी गर्नका साथै ‘क्लिक टू बाई’ पोर्टलमा दिइएको भुक्तानी गेटवे मार्फत सजिलै आफुलाई चाहिएको गाडी बुक गर्न सकिने बताइएको छ । यसका साथै बैंक फाइनान्सको प्रक्रिया पनि अनलाइन मार्फत गर्न सकिने व्यवस्था ‘क्लिक टू बाई’ पोर्टलमा गरिएको छ ।

‘क्लिक टू बाई’ प्रणाली मार्फत हुण्डाईका गाडी खरिद गर्दा १० हजार रुपैंयाको सर्भिस भौचर प्रदान गरिने लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ । उक्त सर्भिस भौचर हुण्डाईका नेपाल भरी रहेका कुनै पनि क्षेत्रीय बिक्री सेवा नेटवर्कबाट स्पेयर पार्टस्, ल्युबरीकेन्टस्को खरिदमा प्रयोग गर्न सकिनेछ । सर्भिस भौचर एक वर्ष भित्र सदुपयोग गरिसक्नु पर्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।