वर्ल्डलिंक कम्युनिकेशनद्धारा मानव सेवा आश्रमलाई ११ लाख रुपैंया बराबरको लत्ता कपडा सहयोग


वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले मानवसेवा आश्रममा आश्रित ११ सय लक्ष्मीनारायणहरुलाई न्यायो कपडा उपलब्ध गराएको छ ।

मंसिर १८ गते वर्ल्डलिंक कम्युनिकेशन्सका निर्देशक मनोज अग्रवाल र विजय जलानले मानवसेवा आश्रम भक्तपुर शाखामा पुगेर आश्रमका आश्रित लक्ष्मीनारायणहरुको लागि ११ लाख रुपैंया बराबरको न्यानो कपडा वितरण गरेका हुन् ।

आश्रमलाई उपलब्ध गराइएका कपडा बुटवलस्थित गार्मेन्टमा तयार गरिएको हो । हाल मानवसेवा आश्रमको २० सेवा केन्द्रहरुमा वर्ल्डलिंकले निशुल्क हाईस्पिड ईन्टरनेट सेवा समेत उपलब्ध गराउदै आइरहेको छ भने मानवसेवा आश्रम भक्तपुर शाखाको उद्घाटनमा दश लाख रुपैंया नगद सहयोग गरेको थियो ।

मानवसेवा आश्रमले २०७८ सालभित्र बाध्यात्मक रुपमा खुला आकाशमुनी कष्टपुर्ण जीवनयापन गरिरहेकाहरुलाई सहयोग गर्दै मानवोचित व्यवस्थापनको लागि देशव्यापीरुपमा सेवा सञ्चालन गर्दै आइरहेको छ । नेपाल सरकार र मानवताप्रेमी मनहरुको साथ, सहयोग र अभिभावकत्वमा आश्रम सञ्चालित छ ।

वर्ल्डलिंक विगत २५ वर्ष देखि इन्टरनेट सेवा प्रदान गर्दैआइरहेको नेपालको सबैभन्दा ठूलो इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी हो । वर्ल्डलिंकले यो क्षेत्रका अन्य संस्थाको तुलनामा सबैभन्दा धेरै अर्थात झण्डै ४ हजार जनालाई रोजगारी प्रदान गर्दै आईरहेको छ । त्यसै गरि वर्ल्डलिंकले आईसीटी क्षेत्रबाट सबैभन्दा ठूलो कर दाता कम्पनीको पहिचान समेत बनाएको छ ।

वर्ल्डलिंकले नेपालका ७३ जिल्लामा नेटवर्क कभरेज गर्दै ४ लाख ७ हजारभन्दा बढी सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक र तेस्रो ठूलो दूरसञ्चार कम्पनी वर्ल्डलिंकले देशका १० हजार ठाउँमा पब्लिक वाईफाई विस्तार गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।