मुक्तिनाथ विकास बैंकले प्रस्ताव गर्यो लाभांश

0
Shares

मुक्तिनाथ विकास बैंक (MNBBL) ले शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

बैंक संचालक समितिको आइतबार सम्पन्न २३८ औं बैठकले आर्थिक वर्ष २०७६।७७ को मुनाफाबाट शेयरधनीलाई कुल १५.५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

जसमध्ये बैंकले ११.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ४.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति तथा र बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।