काठमाडौं । नेपालमा सञ्चालित बीमा कम्पनीहरुले भारतबाट एक्चुअरी, सर्वे र भ्यालुएसन सेवा लिएवापत सिधै प्राकृतिक व्यक्तिलाई रकम भुक्तानी गर्न पाउने भएका छन् । यस्तो भुक्तानी दिनका लागि राष्ट्र बैंकको स्वीकृति लिनु पर्नेमा अब राष्ट्र बैंकको स्वीकति नचाहिने भएको हो ।
राष्ट्र बैंकले विदेशी विनियम व्यवस्थापन सम्बनधी एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
‘नेपाली बिमा कम्पनीहरुले विशेषज्ञ सेवाहरु एक्चुअरी, सर्वे र भ्यालुएसन लगायतका लागि प्राकृतिक व्यक्तिलाई गर्नु पर्ने भुक्तानीको सटही सुविधाको लागि नेपाल बिमा प्राधिकरणको सिफारिस समेतको आधारमा वाणिज्य बैंकबाट प्राप्त गर्न सक्नेछन्,’ राष्ट्र बैंकको संशोधित निर्देशनमा उल्लेख छ ।










प्रतिक्रिया