प्राइम कमर्सियल बैंकको लाभांश प्रस्ताव

0
Shares

प्राइम कमर्सियल बैंक (PCBL) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ ।

बैंक सञ्चालक समितिको पुस ६ गते सोमबार बिहान सम्पन्न बैठकले बैंकको हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको कम्पनी सचिव सन्तोष बरालले नोटबजारलाई जानकारी दिए ।

हाल बैंकको चुक्ता पूँजी १३ अर्ब ९८ करोड ५२ लाख ४९ हजार ५०४ रुपैयाँ रुपैयाँ छ । बोनस शेयर जारी भएपछि बैंकको चुक्ता पूँजी १६ अर्ब ८ करोड ३० लाख रुपैयाँ पुग्नेछ ।

सञ्चालक समितिबाट प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।

बैंकले कैलाश विकास बैंकलाई प्राप्ती गरी २०७६ फागुन २९ गतेदेखि एकिकृत कारोबार थालेको थियो । यसअनुसार बैंकका शेयरधनीले बोनसमा लाग्ने कर छुट पाउनेछन् । तर एकिकृत कारोपछि शेयर खरीद गरी शेयरधनी बनेका लगानीकर्ताले भने बोनसमा लाग्ने कर आफैँ तिर्नुपर्ने हुन्छ ।

अघिल्लो आव २०७५/७६ को नाफाबाट भने बैंकले १६ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।