दुई वाणिज्य बैंकको मात्र लाभांश घोषणा हुन बाँकी, १९ बैंकको शेयर किने अझै लाभांश पाइने

0
Shares

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत २६ मध्ये सोमबारसम्म २४ वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेका बैंकमध्ये १७ बैंक र लाभांश घोषणा हुन बाँकी दुई गरी १९ बैंकको शेयर खरीद गर्दा अझै शेयरधनीले लाभांश पाउनेछन् । ७ बैंकको भने साधारण सभाका लागि बुकक्लोज भैसकेको छ भने ६ बैंकले साधारण सभा सम्पन्न गरिसकेका छन् ।

नबिल र सिभिल बैंक बाहेक बाँकी सबै २४ वाणिज्य बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरिसकेका छन् । लाभांश घोषणा गर्न बाँकी नबिल बैंकले अघिल्लो आव २०७५।७६ बाट दोस्रो ठूलो लाभांश (१२ प्रतिशत बोनस र २२ प्रतिशत नगद) लाभांश घोषणा गरेको थियो भने सिभिल बैंकले सबैभन्दा कम ६.५७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

गत आवबाट लाभांश घोषणा गरेका २४ बैंकमध्ये एनआईसी एशिया बैंक र हिमालयन बैंकले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् भने सेञ्चुरी बैंकले सबैभन्दा कम ७.५० प्रतिशत लाभांश घोषणा गरेको छ ।

  • कुन कुन बैंकको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

हालसम्म लाभांश घोषणा गरेकामध्ये ७ बैंकको बुकक्लोज भैसकेकाले ती बैंकको शेयर खरीद गर्ने लगानीकर्ताले बोनस पाउँदैनन् । अन्य १७ वाणिज्य बैंकको शेयर खरीद गर्दा अझै शेयरधनीले लाभांश पाउनेछन् ।

एनआईसी एशिया, बैंक अफ काठमाण्डू, कुमारी बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक र सनराइज बैंकको बुकक्लोज भैसकेकाले यी बैंकको शेयर खरीद गर्ने लगानीकर्ताले लाभांश पाउँदैनन् ।

लाभांश घोषणा गरेका १७ र घोषणा गर्न बाँकी २ गरी १९ बैंकको शेयर खरीद गर्दा अझै लाभांश पाइनेछ । यी बैंकहरुमा हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट, एनएमबि, ग्लोबल आईएमई, नेपाल बैंक, कृषि विकास, सिद्धार्थ, प्राइम कमर्सियल, मेगा , स्ट्याण्डर्ड चार्टर्ड, लक्ष्मी, एनसीसी, एभरेष्ट, प्रभु, एसबिआई, नेपाल बंगलादेश, र सेञ्चुरी बैंकको शेयर खरीद गर्दा अझै लाभांश पाइनेछ । लाभांश घोषणा गर्न बाँकी नबिल र सिभिल बैंकको शेयर खरीद गर्ने लगानीकर्ताले अझै लाभांश पाउनेछन् ।

हालसम्म नेपाल इन्भेष्टमेन्ट, एनएमबि, ग्लोबल आईएमई, नेपाल बैंक, कृषि विकास, सिद्धार्थ, प्राइम कमर्सियल, मेगा, लक्ष्मी, एनसीसी, एसबिआई, र सेञ्चुरी कमर्सियल बैंकले भने साधारण सभा र बुकक्लोज दुबै तोक्न बाँकी रहेको छ ।

हिमालयन बैंक, स्ट्याण्डर्ड चार्टर्ड, एभरेष्ट, प्रभु, नेपाल बंगलादेश बैंकले साधारण सभा आह्वान गर्दै बुकक्लोज मिति सार्वजनिक गरिसकेका छन् । यद्यपी यी बैंकको शेयर खरीद गर्ने लगानीकर्ताले अझै लाभांश पाउनेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ पुस २०७७, सोमबार  १९ : ३२ बजे