काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई दिने लाभांश घोषणा गरेको हो ।
बैंकले हाल कायम चुक्ता पूँजीको ६।३१५८ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
नेपाल राष्ट्र बैंक तथा अर्थ मन्त्रालयबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात नगद लाभांश वितरण हुनेछ।
भदौ १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।












प्रतिक्रिया