एशियन लाइफ इन्स्योरेन्सको सीईओमा दिनेश लाल श्रेष्ठ

0
Shares

एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा दिनेश लाल श्रेष्ठ नियुक्त भएका छन् ।

इन्स्स्योरेन्सको पुस ८ गते बुधबार सम्पन्न सञ्चालक समितिको १५८ औ बैठकले माघ १ गतेदेखि लागू हुने गरि श्रेष्ठलाई सीईओ नियुक्त गरेको कम्पनी सचिव मुरारी राज हुमागाँइले बताए ।

एशियन लाइफका पूर्व सञ्चालक समेत रहेका श्रेष्ठलाई सञ्चालक समितिले सीईओ नियुक्तिका लागि तीन साता अघि नै सिफारिस गरेर स्वीकृतिका लागि नियामक निकाय बीमा समितिमा पेश गरेको थियो ।

त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको अध्ययन पूरा गरेका श्रेष्ठ यसअघि गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्समा सीइओ पदमा नै कार्यरत थिए ।

पूर्व प्रमुख कार्यकारी अधिकृत रहेका राजेश श्रेष्ठले राजीनामा दिएपछि २०७६ चैत्र २ गतेदेखि सीईओ पद रिक्त रहेको थियो । २०७७ साउन २० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठलाई निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको थियो । त्यसयता होमबहादुर श्रेष्ठले नै निमित्त सीईओको कार्यभार निर्वाह गर्दै आएका थिए ।

नव नियुक्त सीईओ दिनेशलाल श्रेष्ठले इन्स्योरेन्समा माघ १ गते देखि कार्यभार सम्हाल्ने छन् । कम्पनीले दश महिनापछि सीईओ पाएको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।