काठमाडौं । एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्यौपानेले राजीनामा दिएका छन् ।
बैंक सञ्चालक समितिको बिहीवारको बैठकले उनको राजीनामा स्वीकृत गरेको बताइएको छ ।
सीईओ न्यौपानेले स्वास्थ्यमा समस्या भएको भन्दै राजीनामा दिएको बताइएको छ । उनी २०७९ कात्तिकमा चार वर्षका लागि सीईओ नियुक्त भएका थिए ।
त्यसअनुसार उनको कार्यकाल एक वर्षभन्दा बढी बाँकी थियो । उक्त बैठकले बिहीवारबाटै लागू हुने गरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।












प्रतिक्रिया