नेप्से २१७५ अंकको ऐतिहासिक उचाईमा, करिब साढे ६ अर्बको कारोबार

0
Shares

शेयर बजार परिसूचक मापक नेप्से पुस १९ गते आइतबार ऐतिहासिक उचाईमा पुगेको छ । आइतबार नेप्से ४.२२ प्रतिशत अर्थात ८८.१२ अंकले बडढेर २ हजार १७५ दशमलव ३९ बिन्दुमा बन्द भएको हो ।

आज कायम भएको नेप्सेको उचाई हालसम्मकै उच्च बिन्दु हो । यसअघि मंसिर १७ गतेको २०७१.०३ को उच्च बिन्दु पुस १६ गते बिहीबार २०८७.२८ बिन्दु कायम हुँदै तोडिएको थियो ।

आइतबार सो बिन्दुभन्दा माथि पुगेर नेप्से बन्द भएको छ । यसदिन २१२ कम्पनीका १ करोड ४० लाख २६ हजार ८८६ कित्ता शेयर ५४ हजार ६९८ पटक खरीद बिक्री हुँदा कारोबार रकम ६ अर्ब ३४ करोड ४० लाख १७ हजार रुपैयाँ पुगेको छ । गत बिहीबारको तुलनामा कारोबार रकम पनि ६४ करोड रुपैयाँले बढेको छ ।

कारोबारमा आएका सबै १२ वटै उप समुहको सूचकमा हरीयाली छाउँदा ब्यापार सूचक सबैभन्दा धेरै ९.६४ प्रतिशत र अन्य ६.१९ प्रतिशतले बढेको छ । उत्पादन ४.८६ प्रतिशत र बैंकिङ्ग ४.४७ प्रतिशतले बढोत्तरी भएको छ ।

  • नेपाल लाइफको उच्च कारोबार

गत आवको नाफाबाट ५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको नेपाल लाइफको आज सबैभन्दा धेरै कारोबार भएको छ । नेपाल लाइफको ५० करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

यसैगरी प्राइम कमर्सियल बैंकको आइतबार सबैभन्दा धेरै ११ लाख १८ हजार कित्ता शेयर कारोबार हुँदा सो बैंकको पनि कारोबार ५० करोड नाघेको छ । एनटीसीको ४५ करोड, पुनर्बीमा र एनआईसी एशिया बैंकको २७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
एभरेष्ट बैंक, शिवम् सिमेन्ट, प्रभु बैंक, नबिल बैंक र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको पनि उच्च कारोबार भएको छ ।

Symbol Turnover Closing Price
As of 2021-01-03 15:00:00
NLIC 509,575,228.00 2,416.00
PCBL 502,602,798.00 468.00
NTC 450,791,101.00 1,302.00
NRIC 275,259,514.00 1,478.00
NICA 273,796,779.00 899.00
EBL 191,750,678.00 822.00
SHIVM 190,164,799.00 1,603.00
PRVU 188,626,289.00 377.00
NABIL 168,109,683.00 1,125.00
NLICL 159,221,170.00 1,151.0
  • आठ कम्पनीको शयरमूल्य सकारात्मक सर्किट नजिक

आजको बजारमा आठ कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट नजिक बढेको छ । आजकोे बजारमा हिमालयन डिष्टिलरी, साल्ट ट्रेडिङ्ग, नेपाल पुनर्बीमा कम्पनी, प्राइम कमर्सियल बैंक, प्राइम कमर्सियल बैंक संस्थापक, कुमारी बैंक, गुराँस लघुवित्त, नेशनल माइक्रोफाइनान्सको शेयरमूल्य ९ प्रतिशत धेरैले बढेको हो ।

यसैगरी आशा लघुवित्त र एनटीसी पनि शीर्ष शेयरमूल्य बढ्ने दश कम्पनीभित्र समेटिएको छ ।

Symbol LTP Point Change % Change
As of 2021-01-03 15:00:00
HDL 3,872.00 352.00 10.00
STC 6,909.00 628.00 10.00
NRIC 1,478.00 134.00 9.97
PCBL 468.00 42.00 9.86
PCBLP 169.00 15.00 9.74
KBL 263.00 22.00 9.13
GLBSL 898.00 75.00 9.11
NMFBS 2,432.00 203.00 9.11
ALBSL 1,065.00 80.00 8.12
NTC 1,302.00 94.00 7.7
  • राधी विद्युत कम्पनीको लगानीकर्ताले धेरै गुमाए

आइतबारको बुलिस बजारमा पनि राधी विद्युत कम्पनीको शेयरमा लगानी गरेका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको शेयरमूल्य ४. २९ प्रतिशतले घटेर २९० रुपैयाँमा झरेको हो ।

यसैगरी शिवश्री हाइड्रोपावर, युनाइडेड फाइनान्स लगायतको शेयरमूल्य घटेको छ ।

Symbol LTP Point Change % Change
As of 2021-01-03 15:00:00
RADHI 290.00 -13.00 -4.29
SSHL 147.00 -5.00 -3.29
UFL 240.00 -8.00 -3.23
EICPO 272.00 -7.00 -2.51
BPCL 396.00 -9.00 -2.22
NIBD2082 1,078.00 -22.00 -2.00
CHL 152.00 -3.00 -1.94
SBIBD86 1,045.00 -20.00 -1.88
PICLPO 273.00 -5.00 -1.80
RLFL 164.00 -2.00 -1.20

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।