आइएमई लाइफको ब्राण्ड अम्बासडरमा मनिषा कोइराला

0
Shares

आइएमई लाइफ लाइफ इन्स्योरेन्सको ब्राण्ड अम्बासडरमा अन्तराष्ट्रिय रुपमा ख्याति प्राप्त नेपाली नायिका मनिषा कोइराला नियुक्त भएकी छिन् ।

काडमाण्डौँमा आयोजित एक कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल र नायिका मनिषा कोइरालाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

नायिका मनिषा कोइरालाको सहकार्यले कम्पनीेको व्यवसाय प्रवद्र्घन गर्न थप सहयोग पुग्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बताए । नायिका मनिषा कोइरालालाई ब्रान्ड अम्बासडर नियुक्त गर्न पाउनु खुशीको विषय भएको उनको भनाई थियो ।

कम्पनीले डिजिटल प्रविधि मार्फत सेवा उपलब्ध गर्ने क्रममा आजबाटै लागू हुने गरी आइएमई साथ बुट नामबाट विश्वको कुनैपनि कुनाबाट कम्पनीका सेवा सम्बन्धमा जानकारी लिनसक्ने र अनुरोध समेत पठाउन सक्ने गरी निमार्ण गरिएको च्याट्बोट प्रणालीको औपचारिक रुपमा सञ्चालनमा ल्याएकोे सीईओ फुयाँलले बताए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।