डिशहोम रियालिटि टिभीमा ‘ट्यालेन्ट शो’ ‘कलाको मेला’ सुरु


व्यक्तिमा लुकेको कला प्रष्फुटन गर्ने उद्देश्यले डिशहोमको रियालिटि टिभी च्यानल नं. १०२ मा रियालिटि शो ‘कलाको मेला’ सुरु भएको छ ।

हरेक हप्ता आइतबार साँझ ७ः३० बजे प्रसारण हुने यो ट्यालेन्ट शो १८ एपिसोडको हुने डिसहोमले जनाएको छ ।

कलाकारहरुले प्रस्तुत गर्ने कलाको मूल्यांकन गर्ने काम निर्णायक मण्डलले गर्नेछ । डिश मिडिया नेटवर्कको प्रस्तुती रहेको कार्यक्रमबाट अवसरको अभावमा आफ्नो कला देखाउन नपाएकाहरुलाई राम्रो अवसर मिल्ने विश्वास लिइएको छ ।