प्राइम लाइफको नगद लाभांश शेयरधनीको बैंक खातामा

0
Shares

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (PLIC) ले शेयरधनीहरुलाई बैंक खातामा नगद लाभांश वितरण गरेको छ ।

इन्स्योरेन्सले गत पुस २७ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको हालको चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा साझै वितरण गरिएको हो ।

हालसम्म पनि हितग्राही खातामा आफ्नो बैंकको खाता नम्बर अपडेट नगराएका शेयरधनीहरुको हकमा आफूले हितग्राही खाता खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी नेपाल क्लियरिङ हाउसको आईपीएस सदस्यता प्राप्त कुनै पनि बैंक तथा वित्तीय संस्थाको खाता नम्बर अपडेट गर्न इन्स्योरेन्सले अनुरोध गरेको छ ।

गत पुस १६ गतेसम्म कायम शेयरधनीहरुले आफ्नो शेयर प्रमाणपत्रहरु धितोमा राखि कर्जा सुविधा प्रयोग गर्दै आएका शेयरधनीलाई बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र (नो अब्जेक्सन लेटर) प्राप्त भएपश्चात मात्र बैक खातामा नगद लाभांश जम्मा गरिने कम्पनीले जनएको छ ।

इन्स्योरेन्सको पुस २७ गते सम्पन्न १३ औं वार्षिक साधारण सभाले पारित गरेको ७ प्रतिशत बोनस शेयर भने नेप्सेमा सूचीकरण भएपछि मात्र लगानीकर्ताको डिम्याट खातामा वितरण हुनेछ ।

साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले पुस १७ गते शुक्रबार बुकक्लोज गरेको थियो । यसअनुसार बुकक्लोजको अघिल्लो दिन अर्थात गत पुस १६ गते बिहीबारसम्म कायम शेयरधनीहरुले मात्र उक्त लाभांश पाउनेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।