जेनजी आन्दोलनका कारण ध्वस्त भाटभटेनीको पुनः सञ्चालनमा


काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण तोडफोड, लुटपाट र आगजनी भएको भाटभटेनी सुपरमार्केटले तीन महिनापछि पुनः सञ्चालनमा ल्याएको छ। आगजनी र तोडफोडका कारण बिग्रिएका संरचना, भण्डारण प्रणाली र सामानको व्यवस्थापन पुनः निर्माण तथा मर्मतपछि गोदाम सञ्चालनमा आएको हो।

बालुवाटारस्थित मुख्य गोदाम बिहीबार पूजाआजा गरी औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो। गोदाम सञ्चालनमा आएपछि प्रभावित स्टोरहरूको आपूर्ति प्रणाली पनि क्रमशः सहज हुने भाटभटेनीले जनाएको छ।

नेपालकै सबैभन्दा ठूलो सुपरमार्केट भाटभटेनीका स्टोरमा आन्दोलनका क्रममा करिब १२ अर्ब बढीको क्षति पुगेको भाटभटेनीले जनाएको थियो ।

प्रकाशित मिति: १८ मंसिर २०८२, बिहिबार  १६ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।