नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्ने

0
Shares

नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । दुई संस्थाबिच बिहीबार मर्जर तथा प्राप्ति सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा नेशनल माइक्रोफाइनान्सको तर्फबाट संचालक समितिका अध्यक्ष केशवप्रसाद आचार्य र महिला सहयात्राको तर्फबाट अध्यक्ष अमृतचरण श्रेष्ठले हस्ताक्षर गरेका छन्।

महिला सहयात्राको केन्द्रीय कार्यालय मकवानपुरको थाहा नगरपालिकामा छ भने नेशनल माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय धादिङमा रहेको छ ।

नेशनल माइक्रोफाइनान्सको चुक्तापूँजी २६ करोड ४० लाख रुपैयाँ छ । जसले ४३ वटा जिल्लाका ६५ वटा शाखा कार्यालयबाट वित्तीय सेवा प्रदान गर्दै आएको संस्था हो । महिला सहयात्रा लघुवित्तको चुक्तापूँजी ११ करोड छ। जसले विभिन्न १८ जिल्लामा सेवा दिँदै आएको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ९ माघ २०७७, शुक्रबार  ०८ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।