लक्ष्मी लघुवित्तले लाभांश वितरण नगर्ने


काठमाडौँ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ।

मंसिर २६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको हो। साथै बैठकले सोही अनुसार गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ।

प्रकाशित मिति: २९ मंसिर २०८२, सोमबार  ०७ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।