पिपुल्स हाइड्रोपावरले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव


काठमाडौँ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सभा बोलाएको छ । हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न कम्पनीले सभा बोलाएको हो ।

कम्पनीले पौष २३ गते बिहान ११ बजे बुद्धनगर, काठमाडौंमा १८ औं वार्षिक साधारण सभा बोलाएको हो ।

सभाले चुक्त पूँजीको १ः१ अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव पारत गर्नुका साथै सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान प्रवाह विवरण, लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण लगायत अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने छ ।

अठारौं वार्षिक साधारणसभा प्रयोजनका लागि पुस ११ गते एक दिन कम्पनीको शेयरधनी दर्ता किताब बन्द गरिनेछ ।

जसअनुसार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पुस ९ गतेसम्म कारोबार भई शेयर खरीद गरी आफ्नो नाममा शेयर नामसारी भई आएका शेयरधनीहरू सभामा भाग लिनको लागि योग्य हुनेछन् ।

प्रकाशित मिति: १ पुस २०८२, मंगलबार  १० : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।