शिखर इन्स्योरेन्सको लाभांश घोषणा


काठमाडौँ । शिखर इन्स्योरेन्सले लाभाश घोषणा गरेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

पुस १ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लाभांश वितरण हुने छ।

प्रकाशित मिति: २ पुस २०८२, बुधबार  १० : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।