यूनाइटेड इन्स्योरेन्सको लोगो परिवर्तन

0
Shares

यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड (UIC) ले लोगो परिवर्तन गरेको छ । कम्पनीको रि–ब्रान्डिङ अभियान अन्तर्गत लोगो परिवर्तन गरिएको हो ।

कम्पनीले ग्राहकहरुको बदलिँदो आवश्यकता, चाहना र माग बमोजिम सेवालाई थप सरल, सहज गर्दै समयानुकुल अद्यावधिक गर्न, नयाँ टिम, नयाँ कार्य योजना, नयाँ कार्य पद्धति तथा नयाँ प्रविधिको प्रयोग गर्दै आएको जानकारी दिएको छ ।

यस कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्म ५६ करोडरुपैयाँ बीमा शूल्क संकलन गरेको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५५.५६ प्रतिशतले बढी हो ।

यस्तै कम्पनीले अग्नि, समुद्रिक, मोटर, लघु तथा पशुपंछि लगायतका निर्जीवन बीमा सेवा दिँदै आएको छ । कम्पनीको देशभर ३४ शाखा कार्यालय सञ्चालनमा छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।