नबिल बैंक र नेपाल महिला उद्यमी महासंघ बिच लघु, साना तथा मझौला उद्यमीलाई सहयोग गर्न सहकार्य


नबिल बैंक र नेपाल महिला उद्यमी महासंघले साना तथा मझौला उद्यमीलाई सघाउन सहकार्य गरेका छन् ।

गैर नाफामुलक संस्थाको सदस्यहरुको आवश्यकता पूरा गर्न ब्याज अनुदान र लघु, साना तथा मझौला उद्यमका लागि कर्जा प्रदान गर्ने सम्बन्धमा दुई संस्थाका बिचमा सहकार्य भएको हो ।

यस रणनीतिक साझेदारीमा कोभिड १९ बाट प्रभावित लघु, साना तथा मझौला उद्यमहरुलाई नबिल बैंकबाट प्रदान गरिने लघु, साना तथा मझौला कर्जाले दिगो विकासको लागि वित्तिय आवश्यकता पूरा गर्न मद्दत पु¥याउने विज्ञप्तिमा उल्लेख छ ।

यसका साथै ती उद्यमीहरुल महासंघबाट वित्तीय सल्लाह र विकासमा सहयोग पाउने बैंकले जनाएको छ । यस साझेदारी अन्तर्गत नबिल बैंकले वित्तिय साक्षरता कार्यक्रम पनि सञ्चालन गर्ने बताइएको छ ।

नबिल बैंकका एस.एम.ई. तथा लघुबित्त प्रमुख निरज कुमार बस्नेत र महासंघकी अध्यक्ष रीता सिम्हाले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

महिला सशक्तिकरणलाई प्रोत्साहन गर्दै महिला उद्यमीलाई दिगो उत्पादनमा बृद्धि र रोजगारी सिर्जनाका लागि आवश्यक सीप विकास गर्न सजिलै वित्तिय पह“ुच प्रदान गर्ने बैंकले जनाएको छ । “महासंघका सदस्यहरूको आवश्यकता अनुसार व्यवसाय बढाउन र देशको आर्थिक विकासमा योगदान पुर्याउन नबिल बैंक उत्साहित छ,” विज्ञप्तिमा भनिएको छ ।

अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।