एनआईबिएल एस क्यापिटलमा अनलाइनबाट डिम्याट खाता खोल्न सकिने


एनआईबिएल एस क्यापिटलको अनलाइन प्लेटफर्मबाट डिम्याट खाता खोल्न सकिने भएको छ । क्यापिटलले ग्राहकको सुविधालाई ध्यानमा राखी बिहीबारदेखि विद्युतिय प्रणालीबाट डिम्याट खाता साथै मेरो शेयर दर्ता सेवा सुचारु गरेको हो ।

लगानीकर्ता तथा अन्य सरोकारवालाहरुको सल्लाह एवं सुझावहरुलाई मध्यनजर गरी यस्तो सेवा सुरु गरिएको क्यापिटलले जनाएको छ ।

क्यापिटलको वेवसाइट एनआईबिएलक्यापिटल डटकममा गएर डिम्याट खाता खोल्न चाहनेले आवेदन गर्न सक्ने छन् ।

अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।