एनएमबि क्यापिटलका दुई म्युचुअल फण्डले घोषणा गरे लाभांश

0
Shares

एनएमबि क्यापिटलद्धारा संचालित एनएमबि शुलभ इन्भेष्टमेन्ट फण्ड-१ र एनएमबि हाईब्रिड फण्ड एल-१ ले आइतबार एकसाथ लाभांश घोषणा गरेका छन् ।

एनएमबि शुलभ इन्भेष्टमेन्ट फण्डले कर सहित १५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । फण्डले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको हो ।

यस्तै एनएमबि हाईब्रिड फण्ड एल १ ले अघिल्लो आर्थिक वर्ष ०७४/०७५ को कमाईबाट कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

क्यापिटलले साउन १३ गतेदेखि एनएमबि फिप्टी नामक नयाँ योजना संचालनको तयारीमा छ ।