काठमाडौँ । कालिञ्चोक दर्शन लिमिटेडको लकइन अवधि माघ १७ गते सकिदैँछ । कम्पनीको संस्थापकतर्फको ४८ लाख कित्ता, आयोजना प्रभावित स्थानीय बासिन्दातर्फको १ लाख २० हजार कित्ता र कम्पनीको कर्मचारीतर्फको २१ हजार ६०० कित्ता गरी कूल ४९ लाख ४१ हजार ६०० कित्ता शेयरको लकइन सकिने भएको हो।
कम्पनीले २०७९ माघ ३ गतेदेखि माघ ६ गतेसम्म स्थानिय बासिन्दाको लागि आईपीओ निष्काशन गरेको थियो ।
कम्पनीले आईपीओ निष्काशन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको मितिदेखि ३ वर्षसम्म संस्थापक समूह, आयोजना प्रभावित स्थानीय बासिन्दा र कम्पनीमा कार्यरत कर्मचारीहरूको शेयर ३ वर्षसम्म कारोबार गर्न नपाउने गरी लकइनमा राख्नु पर्ने प्रावधान छ। लकइन अवधि सकिएपछि शेयर किनबेच गर्न सकिनेछ ।












प्रतिक्रिया