आईपीओ निष्काशन गर्न सुम्निमा हाइड्रोपावरले बोलायो साधारण सभा


काठमाडौँ । सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको हो ।

माघ ९ गते शुक्रबार क्रिस्टल ब्याङक्वेटमा हुने कम्पनीको १० औं वार्षिक साधारण सभाले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्ने छ ।

साथै, सोही बमोजिम प्रबन्ध पत्र तथा नियमावली संशोधन प्रस्ताव पारित गर्नेछ । कम्पनीले नियमनकारी निकायहरुको निर्देशनमा प्रबन्धपत्र, नियमावलीलगायतका प्रस्तावित संशोधनहरुका सम्बन्धमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

प्रकाशित मिति: १६ पुस २०८२, बुधबार  ११ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।