सुनको भाउ एकैदिन ९ हजार ५०० रुपैयाँले घट्यो


काठमाडौँ । बिहीबार सुनको भाउ ९ हजार ५०० रुपैयाँले घटेको छ । बुधबार १४ हजार ४०० रुपैयाँले बढेको सुनको भाउ आज ९५ सय रुपैयाँले घटेको हो ।

बिहीबार सुन प्रतितोला २ लाख ९५ हजार २०० रुपैयाँमा कायम भएको छ । ब्धबार सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बुधबार ५ हजार ६०० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी आज प्रतितोला ६२० रुपैयाँले घटेको हो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ । बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ८३०.३५ अमेरिकी डलर र चाँदी ७५.९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २२ माघ २०८२, बिहिबार  ११ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।