युनाइटेड इन्स्योरेन्सको २४० प्रतिशत हकप्रदपछिको शेयरमूल्य समायोजन

0
Shares

युनाइटेड इन्स्योरेन्सको साउन १४ गते मंगलबार शेयरमुल्य समायोजन भएको छ। नेप्सेले इन्स्योरेन्सले जारी गर्न लागेको २४० प्रतिशत हकप्रदपछिको शेयर मूल्य समायोजन गरेको हो ।

इन्स्योरेन्सको हकप्रद समायोजनपतिको शेयर मूल्य प्रतिकित्ता २९९ रुपैयाँ १२ पैसा कायम गरेको हो। मंगलबार समायोजित मूल्यलाई आधार मानेर इन्स्योरेन्सको शेयर कारोबार खुलेको छ ।

कम्पनीले एक सय रूपैयाँ अंकित दरमा १० बराबर २४ कित्ताको अनुपातमा ७२ करोड ५७ लाख ६० हजार रूपैयाँ बराबरको ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद जारी गर्न लागेको हो।

कम्पनीले निष्काशन गर्न लागेको हकप्रदमा साउन १३ गते सोमबारसम्म शेयर खरिद गरी कायम रहने कम्पनीका शेयरधनीहरुले मात्रै कम्पनीको आवेदन गर्न पाउनेछन्।

हाल ३० करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको हकप्रद पश्चात एक अर्ब दुई करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ।