सिद्धार्थ इन्स्योरेन्सको खुद नाफा १३ करोड माथि, ४९.५१% ले बढ्यो

0
Shares

सिद्धार्थ इन्स्योरेन्स (SIL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १३ करोड ६९ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको तुलनामा कम्पनीको खुद नाफामा ४९.५१ प्रतिशतले बढेको हो ।

गत आवको यसै अवधिमा इन्स्योरेन्सले ९ करोड १६ लाख ४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीले यस अवधिमा ५३ करोड ९६ लाख ५२ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत वर्ष कम्पनीले ४८ करोड ६ लाख ६६ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

कम्पनीको बीमा कोषको आकार ७२ करोड ३२ लाख रुपैयाँबाट बढेर ९० करोड ८ लाख २७ हजार रुपैयाँ पुगेको छ । चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३७ करोड ७२ लाख ९९ हजार रुपैयाँ छ । महाविपत्ति कोषमा १० करोड ३३ लाख २३ हजार रुपैयाँ छ ।

कम्पनीले पुस मसान्तसम्म ५१ करोड ८८ लाख १९ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । कम्पनीमा भुक्तानी हुन बाँकी दावी रकम १ अर्ब ३१ करोड ९९ लाख १६ हजार रुपैयाँ छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।