काठमाडौँ । साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको भाउ ९ हजार ५०० रुपैयाँले बढेसँगै पुनः ३ लाख नाघेको छ । आज सुन तोलामा ९ हजार ५०० रुपैयाँले बढ्दा चाँदी तोलामा ३
०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ३ लाख ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आइतबार चाँदी प्रतितोला ५ हजार १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ७१० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ९६६.२६ अमेरिकी डलर र चाँदी ७७.८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया