काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचकमा सामान्य अंकले सुधार आएको छ । बिहीबार नेप्से ८.९७ अंकले बढेर २६७१.०७ अंकमा पुगेको छ । बिहीबार ३३७ कम्पनीका सेउर किनबेच भएका छन् । उक्त सेयर १ लाख ६ हजार १८ पटकको कारोबारमा २ करोड ७७ लाख ८० हजार ५८४ कित्ता सेयरहरु ११ अर्ब १० करोड २५ लाख ५० हजार रुपैयाँमा किनबेच भएका छन् ।
बुधबार नेप्से ०.०४ अंकले घटेर २६६२.०९ अंकमा पुग्दा कारोबार रकम ८ अर्ब ६९ करोड २२ लाख ५० हजार रुपैयाँ पुगेको थियो ।
बिहीबार बैंक समूह ४.७५ अंकले बढेको बजारमा विकास बैंक समूह ६६.८० अंकले र वित्त समूह ८.५९ अंकले बढेको छ ।
त्यसैगरी, जलविद्युत समूह ३४.६५ अंकले, लगानी समूह ०.६५ अंकले, जीवन बिमा समूह ६३.२२ अंकले, उत्पादन तथा प्रशोधन समूह ५५.०४ अंकले र म्यूचुअल फण्ड ०.०४ अंकले बढेको छ ।
यता, होटल तथा पर्यटन समूह १२१.३४ अंकले र माइक्रोफइनान्स समूह ०.६९ अंकले घटेको हो । त्यस्तै, निर्जीवन बीमा समूह १६.२७ अंकले र अन्य समूह ६.२१ अंकले घटेको हो ।
बिहीबार मध्ये भोटेकोशी र रसुवागढी हाइड्रोको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । त्यस्तै, खानीखोला हाइड्रो, श्रीनगर एग्रीटेक र सन्जेन जलविद्युतको सेयर मूल्य ६ प्रतिशत माथि बढेको छ ।
यता, कालिन्चोक दर्शनको सेयर मूल्य ७.५९ प्रतिशतले घटेको छ । रिडी पावर, बन्दिपुर केबलकार, सिंगटी हाइड्रो र एनआइबिएल ग्रोथको सेयरमूल्य ४ प्रतिशत हाराहारीमा घटेको छ ।
कारोबार रकमको आधारमा ङादी ग्रुप पावर ७० करोड ५३ लाख २९ हजार रुपैयाँ बराबरको कारोबार सहित शीर्षस्थानमा रहेको छ । त्यस्तै, एसवाई प्यानल, रिडी पावर, आँखुखोला हाइड्रो र तेह्रथुम पावर कम्पनी शीर्ष पाँचमा परेका छन् ।
बिहीबार सेयर बजारमा आएको सुधारसँगै समग्र बजार पुँजीकरणमा पनि सुधार आएको छ । बुधबार ४४ खर्ब ६९ अर्ब रुपैयाँ रहेको समग्र बजार पुँजीकरण बिहीबार ४४ खर्ब ८४ अर्ब रुपैयाँमा बढेको छ । बजारमा आएको सुधारसँगै समग्र बजार पुँजीकरण एक कारोबार दिनमा १५ अर्ब रुपैयाँले बढेको हो ।












प्रतिक्रिया