काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा रिलायन्स स्पिनिङ मिल्सको शेयर सूचीकृत भएको छ । आज शुक्रबार कम्पनीको १ करोड ९० लाख कित्ता शेयर सूचीकृत भएको हो ।
शेयर सूचीकृत भएपछि आगामी सोमबारबाट कम्पनीको शेयर कारोबार सुरु हुने छ। सोमबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको रेन्ज तोकेको छ। यस रेन्जबीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने छ। कम्पनीको शेयर (आरएसएमएल) सिम्बलबाट कारोबार हुने छ।
कम्पनीले बुक विल्डिङ विधिबाट प्रति कित्ता ८२० रुपैयाँ ८० पैसाको दरले आईपीओ निष्काशन गरेको थियो। यो कम्पनी धागो उत्पादन गर्ने नेपालकै ठूलो उद्योग हो ।












प्रतिक्रिया