तोलामा २३ सयले बढ्यो सुनको भाउ, चाँदीमा सामान्य गिरावट


काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको भाउ तोलामा २ हजार ३०० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला ३ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, आइतबार चाँदी प्रतितोला ४ हजार ९८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ५ हजार ४१.८ अमेरिकी डलर र चाँदी ७७.४१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ३ फाल्गुन २०८२, आइतबार  १० : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।