बैंक तथा वित्तीय संस्थामा रहेको कर्जा भुक्तानी गर्नका लागि माया खोला हाईड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशन गर्नका लागि कम्पनीले सिटिजन्स क्यापिटल लिमिटेडलाई
सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
यसका लागि सोमबार भएको सम्झौतामा माया खोला हाईड्रोपावरका कार्यकारी अध्यक्ष दिनेश प्रसाद श्रेष्ठ र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले माया खोला हाईड्रोपावर लिमिटेडको १ अर्ब रुपैयाँ बराबरको १ करोड कित्ता हकप्रद निष्काशन सम्बन्धि काम गर्नेछ । हकप्रद निष्काशनका लागि धितोपत्र बोर्डको अनुमती लिने तथा अनुमति पश्चातको बिक्री प्रबन्धकको काम गर्ने सम्झौतामा उल्लेख छ ।
२०६७ सालमा प्रालिको रुपमा स्थापित कम्पनी २०७३ मा पब्लिक कम्पनीमा रुपान्तरण भइ २०७९ माघमा साधारण सेयर निष्काशन गरेको थियो । संखुवासभा जिल्लामा १४ं.९ मेगावाट क्षमताको माया खोला हाईड्रोपावर आयोजनको निर्माण सम्पन्न गरी २०८० असार देखि व्यवसायिक रुपमा विद्युत उत्पादन गरि नेपाल विद्युत प्राधिकरण्लाइे बिक्री गर्दै आईरहेको छ ।












प्रतिक्रिया