निशान म्यागनाइट नेपालमा लन्च हुँदै, फागुन १० मा मूल्य सार्वजनिक हुने


निशानको म्यागनाइट गाडी नेपाली बजारमा सार्वजनिक हुने भएको छ । नेपालमा निशान गाडीको अधिकारिक वितरक तथा बजार ब्यबस्थापक रहेको पायोनियर मोटोकर्पले म्यागनाइट भित्र्याउन लागेको हो । फागुन १० गते निशानको नयाँ एसयूभी गाडी निशान म्यागनाइटको मूल्य सार्वजनिक गर्ने पनि जनाएको छ ।

नयाँ म्यागनाइट गाडी देशभरका शोरुमहरुमा उपलब्ध गराइने हुदाँ ग्राहकहरुले जापानमा निर्मित एसयूभीको अनुभुति लिन पाउने बताइएको छ ।

पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक संदीप कुमार शारदाका अनुसार नयाँ निशान म्यागनाइटको लन्च निशान गाडीको नेपाल बजार र मूल्यवान ग्राहकहरु प्रति प्रतिबद्धताको प्रतीक हो । बिग, बोल्ड, आकर्षक र करिश्म्याटिक एसयूभी विशेष आकर्षक मूल्यमा आउने र धेरै लामो समयदेखी प्रतिक्षारत ग्राहकहरुका लागि अन्य थुप्रै अफरहरुका साथ आउने छ ।

निशानले आफ्नो उत्पादकत्वको विकास गर्दै मेक इन इण्डिया, मेक फर द वलर््ड एसयूभीलाई विश्व बजारमा पुर्याउने क्रममा नेपाल पहिलो अन्तर्राष्ट्रिय बजार बनेको विज्ञप्तिमा उल्लेख छ । २०२० एक महत्वपूर्ण वर्षको रूपमा लिइएकाले भारतको बजारमा प्राप्त प्रतिक्रिया र सफलतालाई नेपाली बजारमा पनि दोहोर्याउने निशानको उद्देश्य तथा चहाना रहेको कम्पनीले जनाएको छ ।

निशान मोटर भारतका अध्यक्ष तथा दक्षिण एशिया बजारका इन्चार्ज सिनन ओजकोकका अनुसार नयाँ निशान म्यागनाइट विश्व बजारको लागि भारतमा निर्मित गाडि हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।