इकमर्श प्लेटफर्म आस्क मी पसल डटकम सञ्चालनमा, ३ हजार बढी किसिमका सामान पाइने


आस्कमी ले नया भेन्चर आस्क मी पसल डटकम सञ्चालनमा ल्याएको छ ।

सोमबारदेखि सञ्चालनमा आएको इकमर्श प्लेटफर्ममा ग्राहकहरुले दाल चामल देखि तरकारि अनि लुगा सम्म किन्न सक्छन् । आस्कमी पसलले विभिन्न क्याटगोरिजमा सामानहरु उपलब्ध गराउने छ । ग्रोसरिज, बेभरेज, सफाईका सामान, हेयर र बडि केयर, बच्चाका सामान, सेलिब्रेसन्स, फ्रोजन तरकारीहरु, बेकरि र कपडा लगायतका प्ल्याटफर्ममा ३ हजार भन्दा बढी सामानहरु लिस्ट भएका छन ।

आस्कमी ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक अर्चना कुँवरका अनुसार आस्क मी पसलको पहिलो प्राथमिकतामा सर्भिस र प्रोडक्ट क्वालिटी हुनेछ । हरेक सामानको गुणस्तर र म्याद जाँच गरेपछि मात्र डेलिभरि सेन्टरमा जानेछ । सेवाग्राहीले दिनको २ बजे भित्रमा वस्तु तथा सेवा खरिद अर्डर गरेको खण्डमा सोही दिन र उत्तमय पश्चात अर्को दिन डेलिभरि गरिने आस्क मी पसलले जनाएको छ ।

वेब पोर्टलका अलावा फोन, ह्वाट्स एप, फेसबुक, भाइबर लगायतका माध्यमबाट पनि वस्तु तथा सेवा अर्डर गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।